Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


प्रधानमन्त्री कार्की र ७ वटै प्रदेशका मुख्यमन्त्रीबीचको सामूहिक बैठक बालुवाटारमा जारी


390
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ७ वटै प्रदेशका मुख्यमन्त्रीहरूसँगको सामूहिक बैठक राख्नुभएकाे छ।

साेही बैठक अहिले बालुवाटारमा जारी रहेकाे हाे। बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह उपस्थित रहेका छन् ।

प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ-प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउन बैठक राखेको सचिवालयले जनाएको हाे ।