सागर न्यौपानेस्याङ्जा । जिल्लाको सिरौंसामा लटरम्म फलेर हाँगै भचिएला झैँ गरी सुन्तला फलेका छन् । उदाउने बेलादेखि साँझ नआस्ताउन्जेल घाम लाग्ने र हिमालको दृश्य देखिने सिरौंसाका किसानहरूलाई अहिले सुन्तला टिपेर भ्याइनभ्याइ छ । लटरम्म फलेका पहेलपुर सुन्तलाले गाउँको रौनक नै बेग्लै देखिन्छ । एउटै गाउँमा झण्डै १७ हजार सुन्तलाका बोट छन् । एक वर्ष फल्ने,…