Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


निर्माण व्यवसायी महासंघका मागहरू बारे भौतिक मन्त्रीको ध्यानाकर्षण

काठमाडौं ।आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत् सरकारले म्याद थप लगायतका महत्वपूर्ण मागहरू सम्बोधन नगरेको भन्दै आन्दोलित नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना मागहरूका विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी) नेतृत्वको प्रतिनिधिमण्डलले मंगलवार मन्त्री ज्वालालाई भेटी महासंघका मागहरूका विषयमा ध्यानाकर्षण गराएको हो ।…