काठमाडौं । कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीको उपस्थितिमा बसेको सर्वदलीय बैठकमा चार बुँदे सहमति भएसँगै बैठक सुरु भएको छ । सहमतिपत्रमा सभामुख शाहीका अतिरिक्त मुख्यमन्त्री जीवनबहादुर शाही, प्रमुख विपक्षी दलका नेता यामलाल कँडेल, उपसभामुख पुष्पा घर्ती, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाही, नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता चन्द्रबहादुर शाही र राप्रपाको प्रदेशसभा…