शुभकला राई, ओखलढुंगा ।ओखलढुंगाको ठाडे क्षेत्रमा बाक्लो असिना र हिउँ परेको छ । समुन्द्री सतहभन्दा २ हजार ४ सय मिटरमाथिको उक्त क्षेत्रमा आज दिउँसोबाट असिना र हिउँ परेको हो । सुरुमा असिना पानी परेको उक्त क्षेत्रमा पछि हिमपात समेत भएको सिद्धिचरण नगरपालिका ६ जन्तरखानीका वडाध्यक्ष मेखबहादुर मगरले जानकारी दिनुभयो । हिमपात भएपछि ओखलढुंगा हुँदै सोलुखुम्बु…