काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीवासीले खाने व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभएको छ । सुर्खेतमा आइतबार आयोजित ‘प्राङ्गारिक कृषि संवाद’लाई सम्बोधन गर्दै उहाँले कर्णालीमा रैथाने बालीका उत्पादन खानेलाई हेला गर्ने गरिएकाले त्यस्तो प्रवृत्तिमा सुधार ल्याउन जरुरी भइसकेको बताउनुभयो । मुख्यमन्त्री शाहीले साविक कर्णालीका जिल्लाहरुमा भोकमरीभन्दा ‘भातमरी’ को समस्या बढी रहेको उल्लेख गर्नुभयो ।…