काठमाडौं । सत्ता गठबन्धनले कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसलाई नेतृत्व दिने भएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी)का कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले कोशी प्रदेशमा गठबन्धनबाट कांग्रेस ठूलो दल भएकाले कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा अघि सार्ने…