इलाम । इलाममा सहकारी मार्फत किसानलाई बाँड्नुपर्ने रासायनिक मल बेच्ने कृषि बीज भण्डारलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । सदरमुकामको मालापथमा भेषराज पराजुलीले सञ्चालन गरेको पसलमा सहकारी मार्फत किसानलाई बाँड्नुपर्ने अनुदानको रासायनिक मल फेला परेपछि जरिवाना गरिएको हो । गत बुधबार बजार अनुगमन गर्ने क्रममा उक्त कृषि बिज भण्डारमा अनुदानको रासायनिक मल बिक्री अनुमति…