१० जेष्ठ २०८१, बिहिबार | Thu May 23 2024


माईजोगमाई गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राईलाई कारवाहीका लागि सिफारिस


1.144k
Shares

इलाम । इलामको माईजोगमाई गाउँपालिकाको तत्कालिन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई कारवाही हुने भएको छ ।

कार्यालयमा लेखा अधिकृतसँग अनैतिक क्रियाकलाप गरेको भिडियो सार्वजनिक भए पछि गाउँपालिकाले पत्रकार सम्मेलन गरी कारबाहि अगाडी बढाएको जनाएको छ । राईलाई कारवाहीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरीएको छ ।

राईलाई कानून बमोजिमको कारवाहीका लागि सिफारिस गर्ने र लेखा अधिकृत रेश्मा राईलाई ७ दिनको म्याद दिई स्पस्टीकरण पेश गर्न निर्देशन दिएको गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेले जानकारी दिनुभयो ।

भदै १९ गते प्रशासकीय अधिकृत राई र लेखा अधिकृत रेश्मा बिच कार्यालयमा अनैतिक गतिविधि गरेको भिडियो सामाजिक संजालमा बाहिरीएको थियो । भिडियो बाहिरीए पछि दुबै कर्मचारीलाई कारवाही गर्न माग गर्दै दवाब बढेको हो ।