काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाको नियुक्ति प्रक्रियाविरुद्ध एमाले र राप्रपा सर्वोच्च अदालत जाने भएका छन् । सभामुखको समेत हस्ताक्षर जोडेर सरकारलाई आवश्यक पर्ने बहुमत देखाएर सरकार बनाएपछि एमाले र राप्रपा अदालत पुग्ने भएका हुन् । सत्ता गठबन्धन दलले आफ्नो नेतृत्वमा सरकार गठन गर्न प्रदेशसभाका सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर लिएर दाबी गरेको थियो…