काठमाडौं । कोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत पुर्यउन खोजेको भन्दै एमाले र राप्रपाले विरोध गरेका छन् । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सभामुखलाई राजीनामा गराएर सत्तामा जान खोजेर कांग्रेसले अमर्यादित खेल खेलेको आरोप लगाउनुभयो । उहाँले कोशी प्रदेशमा देखिएको राजनीतिक संकटबाट बाहिर…