सर्लाही । सर्लाहीको अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवाललाई ठगी मुद्दामा अनुसन्धानका लागि अदालतले फेरि सात दिनको म्याद थपेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा रहेका अग्रवाललाई अनुसन्धानका लागि जिल्ला अदालतले मंगलबार सात दिनको म्याद थपेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । बुधबार साँझ काठमाडौंको त्रिपुरेश्वरस्थित आफ्नै निवासबाट पक्राउ परेका अग्रवाललाई थप…