भारत नेपालको असल मित्र : मुख्यमन्त्री राउत • Image Khabar Image Khabar


भारत नेपालको असल मित्र : मुख्यमन्त्री राउत


Imagekhabar
१३ माघ २०७७, मंगलवार १७:५७

भारत नेपालको असल मित्र : मुख्यमन्त्री राउत

वीरगञ्ज, माघ १३ । वीरगञ्जस्थित महावाणीज्यदुतावासले भारतको ७२ औं गणतन्त्र दिवस मनाएको छ ।

वीरगञ्जको श्रीपुरमा अवस्थित दुतावास कार्यालय परिसरमा आयोजित कार्यक्रममा भारतीय महावाणिज्य दुत नितेश कुमारले भारतको झण्डोत्तोलन गर्दै भारतीय राष्ट्रपति रामनाथ कोविन्दद्वारा जारी गरिएको सन्देश वाचन गर्नु भएको थियो ।

कार्यक्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले शुभकामना व्यक्त गर्दै भारत नेपालको असल मित्र भएको बताउनुभयो ।

मुख्यमन्त्री राउतले कोरोना महामारीको संकटको समयमा भारतले कोरोनाको भ्याक्सिन प्रदान गरी अतुलनीय सहयोग गरेकोमा भारत सरकारलाई धन्यवादसमेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा विभिन्न जिल्लाका सुरक्षा अधिकारी, उद्योगपति, सञ्चारकर्मीलगायत नेपालमा रहेका भारतीय नागरिकहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्