काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ । शुक्रबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्नुभएको हो । यस्तै उहाँले शुक्रबार नै मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको धारा १६३ को…