बिराज रोस्याराकैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोभिड संक्रमण भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा वैशाख २७ गते पीसीआर परीक्षण गर्दा उहाँमा संक्रमण पुष्टि भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवर ‘प्रख्यात’ ले संक्रमण भएको पुष्टि गर्दै स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो । कोभिडसँग मिल्दाजुल्दा लक्षण देखिएपछि चिकित्सकको…