
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेको छ ।
\भट्टकी आमा शारदा देवीको ८४ वर्षको उमेरमा डोटीको केआईसिंह गाउँपालिकास्थित घरमै बिहीबार निधन भएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो ।
बिरामी नभए पनि उमेरले शारीरिक कमजोरी भइ निधन भएको हुनसक्ने ओलीको भनाइ छ । धनगढीमा रहेका मुख्यमन्त्री भट्ट केही दिन यता भाइरल ज्वरोका कारण बिरामी aपरेका छन् ।
प्रतिक्रिया दिनुहोस्