काठमाडौं । विराटनगर महानगरपालिकाले आगामी वैशाख १ गतेदेखि सार्वजनिक स्थलमा धुम्रपान, खैनी, चुरोट, पानपराग, गुट्खा लगायत सेवन गर्न निषेध गर्ने भएको छ । गत पुस २७ गते बसेको नगरसभा बैठकको निर्णय अनुसार महानगर क्षेत्रभित्र धुम्रपानदेखि प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिनुभयो । केही हप्ताअघि महानगरले धार्मिक संघसंस्था, साउन्ड सिस्टम…