ताप्लेजुङ । तमोर नदीमा निर्माणाधीन मध्य तमोर जलविद्युत् आयोजनामा कार्यरत दुई जना मजदुरको ढुंगाले किचेर ज्यान गएको छ । ज्यान गुमाउनेमा उदयपुरका २२ वर्षीय अमर विश्वकर्मा र भोजपुरका २८ वर्षीय सन्तोष बानियाँ रहेका छन् । शनिबार दिउँसो २ बजे सुरुङ भित्र काम गरिरहेको उनीहरूको माथिबाट झरेको ढुङ्गाले किचेर घटनास्थलमै ज्यान गएको आयोजनाका करण गौतमले बताउनुभयो…