विराटनगर । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारीले स्वास्थ्य, कृषि र पूर्वाधार निर्माणमा केन्द्रित गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रणका लागि जनस्वास्थ्य, अस्पताल, स्वास्थ्य केन्द्र, सरसफाइ र पोषणसम्बन्धी कार्यलाई सरकारको मुख्य प्राथमिकतामा परेको छ ।…