रुपन्देही, असोज १७ । प्रदेश नम्बर-५ को राजधानी दाङलाई बनाउने सरकारको प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस रुपन्देहीले आन्दोलनको घोषणा गरेको छ । शनिबार बुटवलमा बसेको पार्टीको बैठकले सरकारको प्रस्तावविरुद्ध आइतबार (भोलि) रुपन्देही बन्द गरी बृहत् प्रदर्शन गर्ने निर्णय गरेको हो । सांसदहरुलाई प्रदेशसभा बैठकमा जान नदिने रुपन्देही कांग्रेसले जनाएको छ । प्रदेशसभामा शुक्रबार…