काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ सरकारमा मन्त्री बन्ने कुरामा आफू नरहेको स्पष्ट पार्नुभएको छ । बुधबार कांग्रेस संसदीय दलको नेताको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले पार्टी कार्यालयमा बसेर गर्ने आफ्नो कामहरु धेरै भएको बताउनुभयो । उहाँले पार्टीले महामन्त्री बनाएको वर्ष दिन मात्रै भएको भन्दै पार्टीलाई सुसंगठित गर्ने…