Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


सिन्धुलीमा विकास निर्माणको पूँजीगत खर्च कम


52
Shares

सिन्धुली । सिन्धुलीमा विकास निर्माणको पूँजीगत खर्च विगतका वर्षको तुलनामा अत्यन्त कम रहेको देखिएको छ ।

दुई नगरपालिका र सात वटा गाउँपालिका रहेको जिल्लाका स्थानीय तहहरुको विकास निर्माण सम्बन्धी पूँजीगत खर्च अत्यन्त कम रहेको एक तथ्यांकले देखाएको हाे । चालू आर्थिक वर्ष २०७९०/८०को दोश्रो चौमासिक सकिन लाग्दा समेत जिल्लाका स्थानीय तहहरुले यस वर्षका लागि निर्धारित भौतिक विकास निर्माण तथा वार्षिक बजेट खर्चको ढाँचा अनुसार खर्च गर्न नसकेका हुन् ।

जिल्लाका कमलामाई र दुधौली नगरपालिकाहरुले यस अवधिसम्म ३० देखि ४० प्रतिशतसम्म पूँजीगत खर्च गरी प्रगति देखाएका छन् । सुनकोशी, मरिण, हरिहरपुरगढी, तीनपाटन, फिक्कल, गोलन्जोर र घ्याङलेक गाउँपालिकाले २५ देखि ३० प्रतिशत मात्र पूँजीगत खर्च गरेको जनाएका छन् ।

जिल्लाका स्थानीय तहहरुले पूँजीगत खर्च अनुसार भौतिक पूर्वाधार निर्माण तथा परिषदले पारित गरेका क्षेत्रमा खर्च प्रगति गर्न नसक्नुमा यस वर्ष प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको प्रभावका कारणले विकास निर्माणको काम नभएको समेत औंल्याएका छन् ।

जिल्लाका कतिपय स्थानीय तहहरुमा पूँजीगत खर्चको वितरणमा समस्या रहनु र स्थानीय तहहरुका पदाधिकारीहरुमा मत मतान्तर रहेका कारणले समेत चालू आर्थिक वर्षको खर्च प्रगतिमा समस्या रहेको जिल्लाका केही स्थानीय तहहरुका पदाधिकारीहरुकाे तर्क छ ।

तर सिन्धुलीमा संचालित राष्ट्रिष्य गौरवको आयोजना सुनकोशी मरिण डाइभर्सनको भने पूँजीगत खर्च लक्ष्य भन्दा बढेर जाने संकेत देखिएको छ ।

Skip This