काठमाडाैं । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ। आइतबार बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । साथै बाँकी भू-भागमा भने आंशिक बदली रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । आइतबार दिउँसो भने कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने…