काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई पूर्णता दिने बारेमा छलफल सुरु भएकाे बताउनुभएको छ । मंगलबार गोरखाको पालुङटार नगरपालिका–२ विमिरेमा पन्थडिही–कटहरे–हर्मी–साहिलीटार सडकको शिलान्यास समारोहलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । प्रधानमन्त्री दाहालले सरकारलाई पूर्णता दिन नेपाली कांग्रेससहितका दलसँग वार्ता र संवाद सुरु भएको बताउनुभयो । देशलाई सुशासन सामाजिक न्याय र समृद्धिको अभियानतर्फ लैजाने उहाँको…