मुग्लिन, पुस २३ । चितवनको इच्छाकामना गाउँपालिका–२ का १९ चेपाङ बालबालिकालाई वडाध्यक्ष पञ्चबहादुर चेपाङले संरक्षण दिनुभएको छ । वडाभित्र रहेका बाबुआमा नभएका, बाबुको मृत्युपछि आमा पुनः अर्कैसँग विवाह गरेर गएका, बाबुआमा अपाङ्गता, अशक्त भई पालनपोषण गर्न नसकेका र अपाङ्गता भएका बालबालिकालाई पालनपोषणसहित शिक्षा प्रदान गर्न वडाध्यक्ष चेपाङको पहलमा उनीहरुलाई स्थानीय एक विद्यालय भवनमा राखिएको हो…