एजेन्सी । चीनले बनाएको सी ९१९ हवाइजहाजले आइतबारदेखि व्यावसायिक उडान सुरू गरेको छ । आइतबार १२० यात्रु बोकेर उक्त जहाज सांघाईबाट राजधानी बेइजिङ उडेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । सी ९१९ चीनले बनाएको पहिलो ठूलो यात्रुवाहक जहाज हो । यो जहाज कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइनाले बनाएको हो । जहाज बनाउने प्रक्रिया सन् २००९ मा…