म्याग्दी । उच्च जोखिममा परेको म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटलाई कटानबाट जोगाउनका लागि नदीजन्य वस्तुहरूको स्थानान्तरण गर्न सुरु गरिएको छ । नदीको धार परिवर्तन गरी नदीजन्य वस्तुहरूलाई बगरफाँटतर्फ स्थानान्तरण गर्दै ग्याविन जाली लगाउन लागिएको हो । २०५७ सालमा म्याग्दी नदीमा आएको बाढी र त्यसपछि निरन्तर रुपमा नदीको कटानका कारण गाउँ नै जोखिममा परेपछि नियन्त्रणको प्रयास गरिएको…