काठमाडौं । आफैँ पदमुक्त हुनुभएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’लाई पदमुक्त गर्नुभएको छ । मुख्यमन्त्री गुरूङले मनाङेलाई पदमुक्त गरेको पत्र प्रदेश प्रमुखलाई बुझाउनुभएको प्रेस संयोजक बिक्रम न्योपानेले जानकारी दिनुभयो । मुख्यमन्त्री गुरुङले बिहीबार संसदबाट विश्वासको मत लिँदा मन्त्री मनाङे अनुपस्थित हुनुभएको थियो । सरकारका बहालवाला मन्त्री नै…