काठमाडौं । पोखरामा देशभरका महानगरपालिकाका मेयरहरुको सम्मेलन हुने भएको छ । आगामी साउन १३ र १४ गते पोखरा महानगरको आयोजनामा मेयर सम्मेलन हुन लागेको हो । महानगर सञ्चालन विद्यमान कानून र आवश्यक सुधारका बारेमा छलफल गर्न तथा अनुभव आदान–प्रदान गर्नका लागि कार्यक्रम राखिएको पोखरा महानगरपािलकाले जनाएको छ । यसअघि पनि पोखराकै आयोजनामा मेयर सम्मेलन भएको…