१७ मंसिर २०८१, सोमबार | Mon Dec 2 2024


अवरुद्ध बेनी-जोमसोम सडक खण्ड अझै खुलेन


26
Shares

म्याग्दी । पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक खण्ड अझै संचालन हुन सकेकाे छैन् ।

आइतबार बिहानैदेखिको अविरल वर्षाका कारण बेनी-जोमसोम सडक खण्डकाे ठाउँ-ठाउँमा बाढी र पहिरोले क्षति पुर्याएपछि अवरुद्ध भएकाे थियाे । आइतबार रातीदेखि नै अवरुद्ध भएको सडक आज (मंगलबार) बिहानसम्म पनि सिधा संचालनमा आउन सकेको छैन् ।

लगातारको वर्षासँगै गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्डको विभिन्न स्थानमा बाढी पहिरोले अवरुद्ध भएको छ । म्याग्दी र मुस्ताङको सीमाना काभ्रेभीर सडकमा सुख्खा पहिरोले सिधा यातायात बन्द भएको छ । त्यस्तै रुप्से झरन र बेगखोला आएको बाढीले नियमित यातायातमा समस्या भएको बेनी–जोमसोम–कोरला सडकका आयोजना प्रमुख जगत प्रजापतिले बताउनुभयाे ।

ठूलो सुख्खा पहिरो गएको, त्यसलाई पन्छाउन समय लाग्छ र सामान्य अवरोधलाई तत्काल हटाउने गरिएको उहाँले बताउनुभएकाे छ । पैरोथाप्ला जाने झोलुङ्गे पुलदेखि उत्तरतर्फ करिब ५ सय मिटर मुस्ताङतर्फको सडकमा सुख्खा पहिरोले खसेको उहाँले बताउनुभयाे ।

बेनी–जोमसोम ७६ किमी सडकको म्याग्दी खण्ड बर्खाको समयमा बाढीपहिरोको उच्च जोखिम रहेको उहाँकाे भनाइ छ ।
म्याग्दी–काभेभीर सडकको सीमानाको बाँदरजुंगे भीर आसपासमा छिनछिनमा खस्ने पहिरोले यात्रु जोखिममा परेकाे साेत उहाँले बताउनुभयाे । काभ्रेभीरमा सुख्खा पहिरो गएपनि कालीगण्डकी नदी थुनिने खतरा भने नभएको उहाँकाे तर्क छ ।

भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गतक विष्फोटक पदार्थको प्रयोगका कारण पहिरोको जोखिम अत्याधिक रहेको छ ।