काठमाडाैं । राजधानीबाट गाउँघरमा दशैं मनाउन जाने मानिसहरुको बसपार्कमा चहलपहल शुरु भएको छ । नयाँ बसपार्क लगायतका बस छुट्ने स्थानहरुमा घर जानेहरुको संख्या दैनिक रुपमा बढ्दै गएको हाे । काम र पढाईको सिलसिलामा राजधानीमा रहेकाहरु दशैं मनाउनको लागि घर फर्किन थालेका हुन् । यातायात व्यवसायीहरुले अझैं दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेका छैनन् ।…