Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


जसपा कोशी प्रदेश सरकारमा सहभागी नहुने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश सरकारमा सहभागी नहुने भएको छ । मंगलबार इटहरीमा बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको पार्टीका प्रदेश अध्यक्ष दीपक याक्खाले जानकारी दिनुभएको हो । कोशी प्रदेश सरकारलाई जसपाको समर्थन रहेको छ ।