२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


पूर्वमन्त्री अधिकारीलाई काठमाडौं ल्याइयो


1.43k
Shares

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका कोशी प्रदेश सांसद लिलावल्लभ अधिकारीलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ ।

आइतबार विराटनगरमा निजी निवासबाट पक्राउ गरी थप अनुसन्धानका लागि पूर्वमन्त्री अधिकारीलाई काठमाडौं ल्याइएको हो ।

मानव तस्करी प्रकरणमा मुछिएको आरोपमा पूर्वमन्त्री अधिकारीलाई प्रहरीले बरगाछीस्थित निवासबाट पक्राउ गरेको थियो । जापान भ्रमण मन्त्रीपरिषद्बाट स्वीकृत नगराइ आफूसँग असम्बन्धित मानिसहरु लिएर गएको आरोपमा उहाँलाई पक्राउ गरिएको हो ।