काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र पत्रकारकाे बारेमा अध्ययन-अनुसन्धान गरी कानूनी कारबाही गर्न प्रेस काउन्सिल नेपालमा पत्रचार गरेको छ । आयाेगले काठमाडौंको तारकेश्वर नगरपालिका–१० स्थित शिवपुरी मिडिया नेटवर्क प्रालिबाट सञ्चालित सगरमाथा पोष्ट डटकमका अध्यक्ष एवं र सम्पादक रबिनप्रसाद थपलिया र प्रबन्ध सम्पादक चित्रकुमार (सिके) चौलागाईंले आफ्ना व्यक्तिगत सामाजिक सञ्जालबाट…