काठमाडौं । नेपाली राजनीतिका शिखर पुरुष, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज मुलुकभर विविध कार्यक्रमका साथ मनाइँदैछ । नेपालको शान्ति प्रक्रियाका मुख्य सूत्रधार र लोकतान्त्रिक आन्दोलनका अविचलित नेता कोइरालाको २०६६ साल चैत ७ गते निमोनियाँका कारण निधन भएको थियो । नेपालमा एक दशक लामो सशस्त्र माओवादी विद्रोहलाई शान्तिपूर्ण अवतरण…