काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज वसन्तपञ्चमी तथा सरस्वती पूजाका अवसरमा शुभकामना व्यक्त गर्नुभएको । उहाँले वसन्तपञ्चमी तथा सरस्वती पूजाका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण बालबालिकामा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो । “माता सरस्वतीलाई शिक्षा, ज्ञान र सङ्गीतकी देवीका रूपमा पुजिन्छ । आजको यस शुभ दिनमा आफ्ना बालबालिकालाई विद्यालय भर्ना…