काठमाडौं, साउन १९ । प्रधानमन्त्री चयनका लागि आज मतदान हुँदै छ । बिहान ११ बजे बस्ने व्यवस्थापिका संसद्मा मतदान हुन लागेको छ । संसद्ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा निर्वाचित गर्ने छ । मतदानका लागि दाहालको मात्र उम्मेदवारी परेकाले उनी निर्वाचित हुने लगभग निश्चित जस्तै भएको हो । मंगलबार तोकिएको समयसीमाभित्र दाहालको मात्र…