व्यवस्थापिका–संसदको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै एमाले नेता भीमबहादुर रावलले भारतीय वाणिज्य दूतावासले आगामी निर्वाचनमा कुनै पार्टी विशेषलाई जिताउनुपर्ने भन्दै विभिन्न गतिविधि गरिरहेको आरोप लगाए । उनले वीरगन्जस्थित भारतीय कन्सुलरलाई कारबाही गर्न नेपाल सरकारको ध्यानाकर्षण पनि गराए । बैठकमा नेपाली कांग्रेसका सांसद तप्तबहादुर विष्टले सुर्खेतको भट्टेघारीमा आश्चर्यजनकरुपमा घरहरुमा आगोलागी हुने गरेको भन्दै हालसम्म स्थानीयका…