Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


राप्रपा फुटेपछि एक–अर्कालाई दोष, दुवै पक्षका कसले–के भने ? (भिडियोसहित)


0
Shares

कार्यकर्ताहरु भने राष्ट्रवादी शक्ति कमजोर हुने भन्दै निराश बनेका थालेका छन् ।

पार्टी औपचारिक विभाजनसँगै कमल थापा र पशुपतिशम्शेर राणा पक्षबीच कित्ताकाट भएको छ ।

गत फागुनमा एकीकरण भएका दुईओटा पार्टी पुनः आ–आफ्नो बाटोमा लागेपछि कार्यकर्तामा निराशा छाएको छ । उनीहरुले यसलाई थापा र राणाको ‘जुँगाको लडाइँको’रुपमा विश्लेषण गरेका छन् ।

राणा र थापा पक्ष फुटको दोष एक–अर्कालाई लगाउने र आफू ‘पानीमाथिको ओभानो’ बन्ने कोसिस पनि गरिरहेका छन् ।

राप्रपाका प्रवक्ता सुशील श्रेष्ठले ‘छापामार शैली’मा राणाले पार्टी विभाजनको गरेको आरोप लगाए ।

उता, राणा पक्षले पनि राप्रपा प्रजातान्त्रिक गठन हुनुमा राप्रपा अध्यक्ष कमल थापा जिम्मेवार रहेको आरोप लगाएको छ ।

पार्टीका नेता विक्रम पाण्डेले सहमतिअनुरुप हलो चुनाव चिह्नलाई लत्याउनु र बलमिचाइँका कारण यो परिस्थिति निम्तिएको बताए ।

यता, नयाँ पार्टी दर्ता गरेका पशुपतिशम्शेर राणाले सोमबार दिउँसो पत्रकार सम्मेलन गरी थापाको स्वेच्छाचारी निर्णयका कारण अर्को दल खडा गर्नुपरेको जिकिर गरे ।

नेताहरुले विभाजन गर्नुपर्ने कारणलाई जसरी पुष्टि गर्न खोजे पनि यो विभाजनको साइनो भने सरकारमा सहभागी हुने विषय रहेको बताइन्छ ।

भिडियो हेर्नुहोस्

Skip This