काठमाडौं । विस्तृत शान्ति सम्झौताको १३ वर्ष पूरा हुन लाग्दा पनि संक्रमणकालिन न्यायको विषयले भने निकास पाउन सकेको छैन । शान्ति सम्झौता पछि जुनसुकै राजनीतिक दलको नेतृत्वमा सरकार बनेपनि उनीहरुको प्राथमिकता र चासो संक्रमणकालिन न्याय निरुपणमा देखिंदैन । पछिल्लो पटक मानव अधिकार आयोगले सशस्त्र द्वन्द्वका पक्षधरहरुलाई पहिलो पटक एकै ठाउँमा राखेर आयोजना गरेकोे कार्यक्रमका सहभागीहरुले…