Logo २१ असार २०८३, आइतबार | Mon Jul 6 2026


राहत वितरणमा पनि विभेद भएकाे कांग्रेस नेता केसीकाे आराेप

काठमाडौं, चैत्र २२ ।  नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले काेराेना भाइरसका कारण प्रभावित भएकाहरूलाई राहत वितरण गर्दा पनि भेदभाव भएकाे आराेप लगाएका छन् । भाइरसका कारण गरिएकाे बन्दाबन्दीमा बाहिर काममा जान नपाउँदा प्रभावित भई खानसम्मकाे समस्या परेकाहरूलाई सरकारले राहत वितरण गर्न थालेकाे छ । यस्ताेमा राहत पाउनकै लागि प्रभावितहरूलाई सत्तारूढ दल नेकपाकाे सदस्यता लिन दबाब…