दीपेन्द्र अधिकारी (इमेज) काठमाडौं, वैशाख १९ । २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा पराजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतम प्रधानमन्त्री पद प्राप्तिको बाटो खोजिरहेका छन् । गत बुधबार बसेको नेकपा सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा आफूविरुद्धको मोर्चालाई छिन्नभिन्न पार्न गौतमलाई भावी प्रधानमन्त्रीको लोभ देखाइदिए । विगतमा उधारो आश्वासनमा परेर पटक–पटक जिल्लिएका…