चितवन, बैशाख २३ । नेकपा नेत्रविक्रम चन्द विप्लव समूहका नेता अनिल शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई प्रहरीले अस्पतालबाट पक्राउ गरेको हो । चितवनको रत्ननगर वडा नं ५ घर भएका शर्मा भर्याङबाट लडेपछि उपचारका लागि अस्पताल लगिएको थियो । परिवारका सदस्यहरुले चितवन भरतपुरको पुरानो मेडिकल कलेज लगेको सूचना पाएपछि प्रहरीले त्यही नियन्त्रणमा लिएको हो…