काठमाडौं, कात्तिक २२ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद डा. बाबुराम भट्टराईले संसद अधिवेशन बोलाउन माग गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका डा. भट्टराईले शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् संघीय संसदको अधिवेशन बोलाउन माग गर्नुभएको हो । उहाँले सत्तारुढ दल नेकपाको आन्तरिक किचलो उसैले छिनोफानो गरेपनि हालका लागि गम्भीर विषयमा छलफल…