काठमाडौं । संसद विघटनपछिको अवस्थाबारे छलफल गर्न बसेको तीन दलको बैठकले प्रतिनिधिसभाको विघटन, संविधानमाथिको आक्रमण भएको निष्कर्ष निकालेको छ । कांग्रेस मूख्यालय सानेपामा सोमबार अपरान्ह बसेको सत्तारुढ नेकपाको असन्तुष्ट पक्ष, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको बैठकले प्रतिनिधि सभा विघटनको संयुक्त रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । बैठकले संविधानमा हुँदै नभएको प्रावधानमा टेकेर संसद…