काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाली कांग्रेसका १९ वटा शुभेच्छुक संस्थाहरूले टुँडिखेल घेराउ गरेका छन् । विभिन्न शुभेच्छुक संगठनका प्रतिनिधिहरूले टुँडिखेलको वरिपरि समूह–समूहमा जम्मा भएर प्रतिनिधिसभा विघटनको विरोध गरेका हुन् । संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै दुई तिहाइ बहुमतको सरकारले जतनाको दैनिकीलाई सहज बनाएर कोभिड–१९ को भ्याक्सिन प्रवन्ध गर्नुपर्ने अवस्थामा प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा…