काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) का दाहाल-नेपाल समूहको सचिवालय बैठक सिंहदरबारमा बसेको छ। सरकारले फागुन २३ गते प्रतिनिधि सभा बैठक राख्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि त्यसबारे धारणा बनाउन भन्दै दाहाल-नेपाल समूह बैठकमा बसेको हो । नेकपा संसदीय दलको कार्यालयमा जारी बैठकमा दाहाल-नेपाल समूह आफ्नो रणननीति बनाउन लागेको छ । बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाल,…