विवेक भण्डारीनवलपुर । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष केशवलाल श्रेष्ठले नेकपा (एमाले) कम्युनिष्ट नीति, सिद्धान्त र विचारबाट च्यूत हुँदै गएपछि विद्रोह गर्नुपरेको बताउनुभएको छ । नेता श्रेष्ठले अबको समाजवादी यात्राको नेतृत्व र कम्युनिष्ट पार्टीको मोर्चा सम्हाल्ने अभिभारा नेकपा (एकीकृत समाजवादी)को हुनेसमेत दावी गर्नुभयो । सोमबार नवलपुरमा पार्टी कार्यालय उद्घाटन गर्दै नेता श्रेष्ठले प्रतिनिधिसभा विघटनदेखि पार्टीमा समेत…