काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत ¥याडी बेरीले अमेरिकाले हिंसा वा हिंसा भड्काउने विचार नस्वीकार्ने बताउनुभएको छ । शुक्रबार दूतावासको आधिकारिक अकाउन्टबाट एक ट्वीट गर्दै राजदूत बेरीले अमेरिका वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक भएको र एमसीसीको विषयमा पनि आफूहरूको धारणा त्यही भएको बताउनुभयो । एमसीसीबारे हिंसा भड्काउने विचारहरू स्वीकार्न नसकिने उहाँको…