काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ढोरपाटनलाई गण्डकी प्रदेशको समृद्धिसँग जोड्नुपर्नेमा जोड दिनुभएको छ । बाग्लुङका विभिन्न कार्यक्रममा सहभागी हुँदै उहाँले नेपालको एकमात्र सिकार आरक्षका रुपमा रहेको ढोरपाटन स्वदेशमा मात्रै नभएर विदेशमा पनि चासो र चर्चा पाएको स्थल भएकाले यसलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्नेमा जोड दिनुभएको हो । ढोरपाटनसहित आसपासका क्षेत्रमा पूर्वाधार निर्माणसँगै नागरिकको…